राष्ट्रियसभा सदस्य उपाध्यायको निधन

फाल्गुण ०२, २०७६ | Investopaper

रुपन्देही । राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको ५० वर्षको उमेरमा आज निधन भएको छ ।

लामो समयदेखि क्यान्सर रोगबाट थलिनुभएका उहाँको लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित आफ्नै निवासमा निधन भएको प्रदेशसभा सदस्य फकरुद्दिन खानले जानकारी दिनुभयो ।

नेपाली काँग्रेसका तर्फबाट राष्ट्रियसभाका सदस्य बन्नुभएका उपाध्याय विसं २०४६ को जनआन्दोलनदेखि आबद्ध भई सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको थियो ।

विसं २०५४ मा साविक मधुवनी गाविसको उपाध्यक्षमा निर्वाचित हुनुभएका उपाध्याय दुईपटक काँग्रेसको क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधि बन्नुभएको थियो ।

लुम्बिनी विकास कोषको कार्यकारिणी सदस्य रहनुभएका उपाध्यायका श्रीमती, दुई छोरी र तीन छोरा छन् । उहाँको लुम्बिनीमै अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको प्रदेशसभा सदस्य खानले बताउनुभयो ।

— रासस

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *