गजल – नआएनी हुने

— अर्जुन सेढाई

याद आउछ घरि-घरि नआएनी हुने ।
अनावश्यक हावा सरि नआएनी हुने ॥

घातिहरु सपनामा आउन थालेपछि,
ऐठन हुन्छ रातभरि नआएनी हुने ।

चित्त आफै बुझ्ने थियो देख्न नपरेत,
अर्कैको प्यास पूरा गरि नआएनी हुने ।

छुट्टै संसार खोज्न भनी टाढा हुनेहरु,
यी आँखाका वरिपरि नआएनी हुने ।

बिपत्तिमा पर्दा खेरि सहयोगको सट्टा,
गुँड भत्काई जाने चरी नआएनी हुने ॥

— बेसिशहर – ११ चिति, लमजुङ 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *