भाेली सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय
इन्भेष्टोपेपर । श्रावण ०५, २०७८
काठमाडौं । सरकारले भाेली साउन ६ गते सार्वजनिक बिदा दिने घाेषणा गरेकाे छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयाे।
केही दिन अगाडि नेपाल मुस्लिम संघले बकर इदमा बिदा दिन गृहमन्त्री बालकृष्ण खाँणलाई ज्ञापनपत्र बुझाएका थिए।
