१९ मध्ये १३ जीवन बिमा कम्पनीकाे बाेनस दर सार्वजनिक
Investopaper, श्रावण ०६, २०७६
नेपाल अधिराज्यभर संचालनमा रहेका १९ वटा जीवन विमा क्म्पनीहरूमध्ये आइतबारसम्म विभिन्न १३ वटा कम्पनीहरूले बोनस दर सार्वजनिक गरेका छन् ।
उक्त बिमा कम्पनीहरूको बोनस दरलाई नियामक निकाय बिमा समितिले स्वीकृत गरिसकेको छ भने ६ वटा जीवन विमा कम्पनीहरूकाे बोनस घाेषणा हुन वांकि छ । ६ कम्पनीहरूमा अमेरिकन इन्स्योरेन्स कम्पनी, एसियन लाइफ इन्स्योरेन्स, महालक्ष्मी लाइफ इन्सुरेन्स, रिलायबल लाइफ इन्सुरेन्स र युनियन लाइफ इन्स्योरेन्स कम्पनीले बोनस घोषणा गरेका छैनन् ।
बाेनस दर घाेषणा गरेका १३ कम्पनीहरू मध्ये गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बिमितलाई सबैभन्दा बढी बोनस दिने घोषणा गरेको छ ।
बाेनस घाेषणा गरेका १३ जीवन विमा कम्पनी र बाेनस दर यस प्रकार रहेकाे छः
- गुराँस लाइफ इन्स्योरेन्स कम्पनी — प्रतिहजार न्यूनतम ५१ देखि अधिकतम ८७ रुपैयाँसम्म,
- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी — प्रतिहजार न्यूनतम ६२ देखि ८२ प्रतिशतसम्म ,
- सूर्या लाइफ इन्स्योरेन्स — न्यूनतम प्रतिहजारमा ३८ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँसम्म,
- लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल — न्यूनतम प्रतिहजारमा ६६ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म,
- मेट लाइफ इन्स्योरेन्स — प्रतिहजारमा न्यूनतम ५० देखि अधिकतम ८५ रुपैयाँसम,
- प्रभु लाइफ इन्स्योरेन्स — प्रतिहजार न्यूनतम ३० देखि अधिकत्तम ७० रुपैयाँ,
- सन नेपाल लाइफ इन्स्योरेन्स — प्रतिहजार न्यूनतम २० देखि अधिकतम ७० रुपैयाँ,
- आईएमई लाइफ इन्स्योरेन्स — प्रतिहजार न्यूनतम २५ देखि अधिकतम ७० रुपैयाँसम्म,
- ज्योति लाइफ इन्स्योरेन्स — प्रतिहजार न्यूनतम ४० देखि ७० रुपैयाँसम्म,
- रिलायन्स लाइफ इन्स्योरेन्स — प्रतिहजार न्यूनतम ३५ देखि अधिकतम ७० रुपैयाँसम्म,
- सानिमा लाइफ इन्स्योरेन्स — प्रतिहजार न्यूनतम ३५ देखि ६५ रुपैयाँसम्म,
- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी — प्रतिहजार न्यूनतम ४० देखि अधिकतम ७० रुपैयाँसम्म र
- नेसनल लाइफ इन्स्योरेक्स कम्पनी — प्रतिहजार न्यूनतम ६३ देखि अधिकतम ८२ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको समितिले जनाएको छ ।
