ग्लाेवल ट्रेण्डिङ्गमा पर्न सफल लाेक दाेहाेरी गीत ‘कश्मीरे पछ्यौरी’ (भिडियाेसहित)

न्भेष्टाेपेपर । असाेज ३, २०८१

काठमाण्डाैँ । निश्चल दवाडीकाे शब्द, सङ्गित तथा बाबु कृष्ण परियार र दिपिका बयाम्बुको आवाजमा रहेकाे लाेक दाेहाेरी गीत ‘कश्मीरे पछ्यौरी’ ग्लाेवल ट्रेण्डिङ्गमा पर्न सफल भएकाे छ । यूट्यूवमा जनवरी १८ तारीख अपलाेड गरिएकाे याे गीत करीव २७ मिलियन पटक हेरिएकाे छ ।

एकदम लाेकप्रिय सरल शव्दहरू रहेकाे यस म्यूजिक भिडियाेमा बाबुकृष्ण परियार तथा केपिना गाेतामेकाे अभिनय देख्न सकिन्छ । माैसम हिमालीकाे निर्देशनमा बनेकाे यस भिडियाकाे छायांकन नबराज उप्रेति तथा बुद्ध थापाले गरेका छन् ।

यस गीतमा प्रमेश घिमिरे, सिद्धार्थ आले मगर, रुपि सिंजाली र प्रेमा राना मगरकाे सामुहिक स्वर सुन्न पाइन्छ । भिडियाे बाबुकृष्ण परियार अफिसियल च्यालनबाट अपलाेड गरिएकाे छ ।

कश्मीरे पछ्यौरी दार्जलिङ्गको रेल
लाम साइली पिरति दुइदिन बाँचुन्जेल

निधारैमा टिकी टलक्क
सुन्तली नानिको मुहार झलक्क

लाजै लाग्यो हेरे भै तिर
आँखैको निशाना ट्याक्कै मै तिर

फूल राम्रो लालुपातेको
छ छैन मायाले जोबान साटेको

जोडि सुगा जोडि ढुकुर
एक्लै यो जिन्दगी लुख्खुर लुख्खुर

चिसो पानी धारापानीको
साटिदेउ सम्झना जिन्दगानिको

दिउकि मुटु, खोलि तिमिलाई
लाखौ लाख मायाको झोलि, तिमिलाई

काँडाले पाउ, छुनै नदिम्ला
रिसाउनै नदिम्ला, रुनै नदिम्ला

एक सयमा सय, नम्मर
लाएको पिरति अटल, अ्म्मर

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *