सुनको आयात तथा विक्री वितरण सुचारु गर्न माग

इन्भेष्टोपेपर । असार ०९, २०७

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले नेपाल राष्ट्र बैंक समक्ष सुन आयातकाे काेटा र दैनिक बिक्री बितरण हुँदै आएकाे काेटा बढाउन माग गरेकाे छ ।

२०७८ बैशाख १६ गते देखि लक–डाउन घोषणा गरिए पश्चात वाणिज्य बैंकहरुले विक्री वितरण गर्ने सुनको आपूर्ति पनि बन्द भएको थियाे । अब ८ गते देखि तोकिएको बार र समयमा सुन, चाँदी गहना आदि आभुषण क्षेत्र पनि चालू भएको छ ।

अतः बैंकबाट विक्री वितरण हुने सुनको आपूर्तिलाई पनि पुनः सुचारु गर्नुपर्ने तथा साविकमा दैनिक २० के.जी. सुन विक्री वितरण हुँदै आएकोमा लामो समय पश्चात बजार खुलेको र निकट भविष्यमा नै प्रमुख चाड–पर्वहरुको समय पनि आउने भएकोले दैनिक ३० के.जी. सुन विक्री वितरणको व्यवस्था गर्न नेपाल राष्ट्र बैंक समक्ष नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले अनुरोध गरेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *