गार्डियन माइक्रो लाइफको आईपीओ आवेदन दिने अन्तिम दिन आज

न्भेष्टाेपेपर । पुस २४, २०८१

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले पुस २१ गतेदेखि विक्री खुला गरिरहेको आईपीओ आवेदन दिने आज (पुस २४ गते) अन्तिम दिन रहेको छ ।

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १८ लाख ४५ हजार कित्ता शेयर निष्कासन गरेका हो । आईपीओ खरीदका लागि आवेदन दिँदा घटीमा १० कित्ता र बढीमा १ लाख कित्तासम्म माग गर्दै आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको थियो । 

जसमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बरारबको २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट भइसकेको छ । त्यस्तै ५ प्रतिशत शेयर सामूहिक लगानी कोषका लागि र ३ प्रतिशत शेयर कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ ।

कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै मेरो शेयर अनलाइनमार्फत् आवेदन दिन सक्नेछन । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *