सभामुख चयनकाे बाटाे खुल्याेः उपसभामुखले राजीनामा दिँदै

माघ ६, २०७६ | Investopaper

काठमाण्डाै – कृष्ण बहादुर महरा निलम्वनमा परेपछि रिक्त रहेकाे सभामुख चयनकाे बाटाे खुल्ने भएकाे छ । उपसभामुख डाक्टर शिवमाया तुम्बाहाङ्फेले आज राजीनामा दिनुु हुने भएको छ ।

तुम्बाहाङ्फेले सभामुखलाई सम्बाेधन गरेर संसद सचिवालयमा राजीनामा बुझाउने तयारी गर्नुभएको संसद सचिवालय स्राेतले जनाएको छ ।

उपसभामुखको राजीनामापछि आज दिउँसो १ बजेपछि बस्ने प्रतिनिधि सभाको बैठक ज्येष्ठ सदस्य महन्थ ठाकुरले सञ्चालन गर्ने र उहाँले नै उपसभामुखको राजीनामा पढेर सुनाउने तयारी गरिएको सचिवालयले जनाएको हो । सचिवालय स्राेतकाअनुसार माघ ८ गतेका लागि सभामुखको चुनाव हुने सम्भावना छ ।

सचिवालयले उपसभामुखका लागि भने चुनावी प्रक्रिया आज सुरु नगर्ने भएको छ । सत्तारुढ दल नेकपाले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

मुख्य विपक्षी दल काङ्ग्रेसले भने सभामुखमा उम्मेदवारी दिने कि नदिने भन्ने बारे निर्णय गरिसकेको छैन । सभामुख र उपसभामुख भिन्न भिन्न दलका हुनुपर्ने संवैधानिक व्यवस्था छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *