देउराली सहकारीले एक बर्षभित्र बैंकको साँवा ब्याज चुक्क्ता गर्ने

न्भेष्टाेपेपर । साउन ३, २०८०

काठमाण्डौ । ललितपुर सातदोबाटो स्थित केन्द्रिय कार्यालय रहेको देउराली बहुउदेश्यीय सहकारी संस्थाले बैंकको साँवा, ब्याज तथा हर्जना लगायत सम्पूर्ण ऋण रकम एकएक गरी ०८१ असार मसान्तभित्र चुक्ता गर्ने प्रतिबद्धता जाहेर गरेका छ।

विभिन्न ६ वटा बैंकबाट कर्जा लिइ राज्यलाई अर्थतन्त्र र रोजगारीमा टेवा पुर्याउने उदेश्यले कृषि लगायत विभिन्न स्वदेशी तथा विदेशी खाद्य वस्तु उत्पादन तथा विक्रि वितरण गर्न लिएकाे ऋण सहकारी समस्यामा परेपछि बचतकर्ताको पैसा फिर्तालाई प्राथमिकता दिएर बैक तथा वित्तिय संस्थाको साँवा तथा ब्याज केही समयदेखि बुझाउन नसकेको अध्यक्ष चौलागाँइले बताए ।

बैंकहरुले ३५ दिने सुचना प्रकासित गरेपछि देउराली सहकारीका अध्यक्ष चौलागाइले कर्जा लिएका बैंकहरुलाई थप सकयावधि माग गरेका छन् । समय अवधि मागेका बैंकहरुमा प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेघा बैक, माछापुछ्र्रे बैंक, एनआइसी एसिया बैंक, राष्टिय सहकारी बैंक र सिटिजन्स बैक रहेका छन् ।

विभिन्न अप्ठेरोका बाबजुत पनि सहकारीको तर्फबाट ६ अर्ब ५० करोडमध्ये अधिकाशं रकम फिर्ता गरी अब ५४ करोड मात्र बचत फिर्ता गर्न बाँकी रहेको वास्तविकतालाई जानकारी गराउँदै सो रकम समेत आगामी पुष मसान्तसम्म फिर्ता गरिसक्ने उनले बताए । सो कुरा नेपाल सरकारका सम्बन्धित निकाय जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी परिशरहरु, अपराध अनुसन्धान महाशाखा, प्रदेश सहकारी विभाग हेटौंडा, सहकारी विभाग नयाँ वानेश्वर काठमाण्डौ समेतमा अनुरोध सहितको जानकारी गराइएको उनले बताए ।

देउराली सहकारीको यो परिस्थीति आउनुमा मिटरब्याजीहरुको चङँगुलमा आफु परेको बताउँछन चौलागाई । मिटरब्याजीहरुको एक करोडको ब्याज दैनिक एक लाखसम्म तिर्नु पर्दा आफु अत्यन्त पिडामा रहेको बताउँछन् चौलागाई । कतिपय ठुला मिटरब्याजीहरु गृहमन्त्रालयमा आफनो मान्छे छ भन्दै हिँडेको र नेपाल सरकारको कानुन विपरीत अवैध सम्पत्तिको कमाइ आफना नातेदार र साथीहरुको नाममा थोपारी आफनो नाममा देखावटी बैंकको लोन गरेका छन् अध्यक्ष चौलागाइले भने ।

१५ जना मिटरब्याजीहरुबाट आफुहरु अत्यन्तै पिडा दिएकोमा एकजनाले मिलापत्र गरेको बताउँछन् उनी । मिटरब्याजीहरुले अनुचित अशुल गरेको रकम फिर्ता गर्न चौलागाई उनीहरुलाई अन्ुरोध गर्दछन् । संसदबाट मिटरब्याज सम्बन्धी कानुन बनेको अवस्थामा आफुहरु पिडामा पर्नु अत्यन्त दुखदायी छ । मिटरब्याजीहरुलाई कानुन आएको अवस्थामा मिटरब्याजीहरुलाई कानुनको कठघरामा समेत ल्याउनपछि नपर्ने चौलागाइले बताए ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *