सुनचाँदीको मूल्यमा बृद्धी, ताेलाकाे एक लाख १३ हजार नाघ्यो

न्भेष्टाेपेपर । साउन ३, २०८०

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामै एक लाख १३ हजार नाघिसकेको छ । मंगलबार एक लाख १२ हजार पाँच सय रुपैयाँमा कारोबार भएकोमा आज ६ सय रुपैयाँले बढेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १३ हजार एक सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ५५० रुपैयाँ रहेको छ । 

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १४८० रुपैयाँमा कारोबार आज बढेर प्रतितोला १४९० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *