नबिल बैंक द्धारा खोकनामा डिजीटल बैँकिङ अभिमुखीकरण कार्यक्रम सम्पन्न
इन्भेष्टाेपेपर । साउन ३० २०७९
काठमाण्डाैँ । नबिल बैंकले ललितपुर महानगरपालिका वडा न. २१, खोकनामा डिजीटल बंैकिङ तथा वित्तीय पहँुच अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम विशेषत स्थानीय क्षेत्रको कृषि प्रवर्धन, युवा तथा महिला उद्यमशिलता, डिजिटल बैंकिङ्ग तथा वित्तिय साक्षरता प्रर्वधनमा केन्द्रित रहेको थियो ।
बैंकले नबिल दिगो बैंकिङको विभिन्न आयामहरु,डिजिटल बैंकिङ, क्यूआर कोड र अन्य सेवा सुबिधाहरुको बारेमा विशेष प्रस्तुती दिएकोथियो । ललितपुर महानगरपालिका वडा न. २१ खोकनाका वडा सदस्यहरू, स्थानीय गुठि, आमा समुह र सहकारीका प्रतिनिधिहरु, स्थानीय बुद्धिजिबी, किसान तथा उद्यमीहरुको उल्लेख्य उपस्थिती रहेको उक्त कार्यक्रममा नबिल बैंकको तर्फबाट नबिल बैंक बागमती प्रदेश प्रमुख अमितश्रेष्ठ, फुलचोकी क्लस्टर प्रमुख अमित के. सी., खोकना शाखाप्रबन्धक रोशन न्यौपानेको समेत उपस्थिती थियो ।
कार्यक्रममा विशेष वक्ताको रुपमा सम्बोधन गर्दै नबिल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले युवा र महिलाहरुको उद्यमशिलता विकास र रोजगारी सिर्जनामा सहयोग गरि दिगो समाजको निर्माण गर्न नबिल बैंक सधै तत्पर रहेको बताउनु भयो।
त्यस्तै ललितपुर महानगरपालिका वडा न. २१,खोकनाका वडा अध्यक्ष रबिन्द्रमहर्जनले यस कार्यक्रमको लागिधन्यबाद ज्ञापन गर्दै खोकना वरपर उद्यमशीलताविकास गर्न नबिल बैंक संग हातेमालो गर्ने बताउनु भयो ।
सुरुमा १७ वटा शाखाबाट सुरु गरेको दिगो बैंकिङ बैंकले हाल १०० शाखामा विस्तार गरेको छ । दिगो बैंकिङ अन्र्तगत किसान कर्जा र उद्यमशील कर्जा मार्फत ५०० भन्दा बढी उद्यमीलाई ५५ करोड भन्दा बढी कर्जा प्रवाह गरेको छ ।
