मिटरब्याजी विरुद्ध जिल्ला प्रशासन कार्यालय ललितपुरले थाल्यो कार्वाही

न्भेष्टाेपेपर । साउन १४, २०८०

काठमाण्डौ । २०८० साल बैशाख २० गते गठन भएको अनुचित लेनदेन (मिटरब्याज)को आयोग गठन भएको लगत्तै ललितपुरमा मात्र २०० भदा बढी मिटरब्याज पिडित पक्षले उजुरी दिएका थिए ।

ललितपुर जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनेमा देशकै सबैभन्दा ठुलो मुद्धा समस्यामा परेको देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाँइले दर्ता गराएका थिए । उनले १५ जना मिटरब्याजी विरुद्ध ५ अर्ब ४० करोड बराबरको मुद्धा ०८० असार १२ गते जिप्रका ललितपुरमा दर्ता गराएका थिए । सो मुद्धामा ०८० साल असार २५ गतेदेखि छानवीन सुरु भएको थियो । छानविन सुरु भए लगत्तै २ जना मिटरब्याजीले चलनचल्ती भन्दा बढी लगेको ब्याज फिर्ता गरेका मिटरब्याज पिडित चौलागाइले बताए ।

उनले उजुरी दिएकामध्ये बाँकी १३ जनासँग ठुलो कारोबार भएको कारण छानबीन गर्न समय लागेको देखिन्छ । चौलागाइले दर्ता गरेको मुद्धामा सबैभन्दा धेरै कारोबार पुल्चोकका रोविन मर्हजनसँग भएको पाइएको छ । उनीसँग करिव ४ अर्ब करोबार भएको चौलागाइको दाबी छ ।

विवरण हेर्दा रोविन मर्हजनले चौलागाइलाई दिएको कारोबार ६० करोड छ भने उनले चौलागाइसँग ४ अर्ब बराबर बैंकमार्फत लिएको देखिएको छ । सामान्य जग्गाको कारोबार गर्ने रोविन मर्हजनको ३ बर्ष यता करिव ६ अर्ब सम्पति थुप्रिएको श्राेतले बतायो ।

रोविन मर्हजनको पुच्वः नाम गरेको सहकारी पनि छ । उनका नगद करोबार कुमारीपाटी पञ्चशिल सहकारी, ज्योतीपुञ्ज सहकारी, पुच्वः सहकारीमा ठुलो कारोबार गरेको देखिन्छ । सामान्य व्यापारीको नाममा यी सहकारीले अरबौ कारोबार कसरी गरे ? जिल्ला प्रशासन कार्यालयले रोविनको सबै कारोबार मागिसकेको छ । उनको कारोबारमाथी शंका उब्जिसकेको छ । उनको बैंक र सहकारी गरेर करिव ७ अर्ब जतिको कारोबारको कागजपत्र प्रशासन कार्यालयमा पुगिसकेको छ । अरु आउन बाँकी छ भन्ने कुरा मिटरब्याज आयाेगले बताएको छ ।

०८० सालमा समस्यामा परेको गुडवील सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठ अहिले जेलमा छन् । उनको नाममा पनि कारोबार देखिएका कारण उनलाई बयान दिनका लागि जिप्रका बोलाइएको थियो । नीज दिवाकर श्रेष्ठले पनि रोविन मर्हजनले २ अर्ब मिटरब्याज लिएकोले आफनो सहकारीको पैसा फिर्ता दिन नसकेर जेल परेको बताउने गरेका छन् ।

रोविन लगायत अरु १२ जना रवि मर्हजन, विज्ञान भारी, देवेन्द्र आचार्य, मोहन घिमिरे, सुमन मर्हजन, सञ्जय अधिकारी, रुविन मर्हजन, सिताराम राउत, विवेक केसी, आशिस प्रधान सबै मिटरब्याजी पुष्टि भएको जनाइएको छ । उनीहरु विरुद्ध ज्ञानेन्द्र मर्हजन जस्तै सम्पत्ति सुद्धिकरण गरी जेल चलानसम्म हुनसक्ने सम्भावना रहेको हालै राष्टपतीबाट मिटरब्याज सम्बन्धी विधेयक पारित हुनुले देखाएको छ । उनीहरु उच्च तहका नेताहरुको संरक्षणमा रहेपनि मिटरब्याजीलाई कार्वाही गर्ने कानुन बनेकाले गलत गर्ने कोही पनि उम्कन नसक्ने देखिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *