प्राइम कमर्शियल बैंककाे लाभांश घोषणाः बोनस कति ?

Investopaper, मंसिर ०९, २०७६

प्राइम कमर्शियल बैंकले गत आर्थिक वर्ष २०७५/०७६ काे कमाईबाट लगानीकर्तालाई १६ प्रतिशत बाेनस शेयर दिने घोषणा गरेको छ । अघिल्लो आर्थिक वर्ष पनि बैंकले लगानीकर्तालाई १६ प्रतिशत नै बोनस बितरण गरेको थियो ।

बैंक सञ्चालक समितिको मंसिर ९ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले १६ प्रतिशत बोनस बितरण गर्ने निर्णय गरेको हो । वाेनस शेयर प्राप्त गर्नकाे लागि लाग्ने कर वापतकाे रकम भने शेयरधनी स्वयंले बुझाउनु पर्नेछ ।

सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात् मात्र शेयरधनीले पाउनेछन्। अहिले बैंकको चुक्ता पूँजी ९ अर्ब ६८ करोड ६८ लाख ५१ हजार रुपैंया छ । प्रस्तावित बोनस बितरण पश्चात बैंकको चुक्ता पूँजी ११ अर्ब २३ करोड ६७ लाख रुपैंया पुग्नेछ ।

केही समय अघि मात्र झापामा मुख्य कार्यालय रहेको कन्काई विकास बैंकलाई आफुमा गाभेको प्राइमले कैलाश विकास बैंक तथा ललितपुर फाइनान्सलाई पनि गाभ्ने सम्झौता गरिसकेको छ । साधारण सभामा याे प्रस्ताव पनि पेश गरिनेछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *