सिद्धार्थ बैंकको साधारणसभा सम्पन्न, लाभांश पारित
Investopaper, कार्तिक ०८, २०७६
सिद्धार्थ बैंकको १८ औं वार्षिक साधारणसभा कार्तिक ७ गते विहीबारका दिन सम्पन्न भएकाे छ । उक्त सभाले प्रस्तावित २५.२६ प्रतिशत लाभांश पारित गरेकाे छ । साधारणसभाले १० प्रतिशत बोनस शेयर र १५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।
साथै बोनस शेयर जारी पश्चात हुने पुँजी वृद्धिका विषय समावेश गरी बैंकको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विषयलाई पनि सभाले स्वीकृति दिएको छ । त्यसैगरी सभाले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने सम्बन्धको सम्पूर्ण आवश्यक काम सञ्चालक समितिलाई पूर्ण रुपमा सुम्पिने विशेष प्रस्ताव पनि पारित गरेको छ ।
साधारणसभाले पारित गरेकाे १० प्रतिशत बोनस पश्चात बैंकको चुक्तापूँजी ९ अर्ब ७७ करोड ६३ लाख ६४ हजार रुपैयाँ पुग्नेछ ।
