‘अन्तिम इच्छा नसोध मलाई’ म्युजिक भिडियो सार्वजनिक

इन्भेष्टोपेपर । फागुन ७, २०७८

काठमाण्डाैँ । शास्त्रीय गायनका  प्रशिक्षक किरण पुञ्जले नयाँ साङ्गीतिक सौगात ‘अन्तिम इच्छा नसोध मलाई’ सार्वजनिक गर्नुभएको छ ।

करिब १२ वर्षपछि यही गीतमार्फत गायक पुञ्जले गीत रेकर्डिङमा पुनरागमन  गर्नुभएको हो । ‘सेण्टिमेण्टल भर्सन’को यस गीतमा राजेन्द्र वाइबाको शब्द, सङ्गीत र सङ्गीत संयोजन रहेको छ । ‘अन्तिम इच्छा नसोध मलाई, जिउने रहर छँदैछ अझै’, ‘अमर रहन मन छैन मलाई, म तिम्रो सामु रहने छु सधैँ’ लगायत बोलका गीत भिडियोमा समावेश गरिएको छ ।
  
म्युजिक भिडियोमा नायिका पूजा शर्मा र नायक पुष्प खड्काको अभिनय छ । बुद्ध थापाले छायाङ्कन गरेको भिडियोमा विकास धमलाको सम्पादन रहेको छ ।  निकेश खड्काको निर्देशनमा तयार पारिएको भिडियोलाई ‘ओएसआर डिजिटल’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *