अजोड ईन्स्योरेन्सकाे चौथो वार्षिक साधारण सभा सम्पन्न

इन्भेष्टोपेपर । फागुन ७, २०७८

काठमाण्डाैँ । अजोड ईन्स्योरेन्स लिमिटेडकाे चौथो वार्षिक साधारण सभा फागुन ६ गते विभिन्न प्रस्तावहरू पारित गर्दै सम्पन्न भएकाे छ ।

कम्पनीको चौथो वार्षिक साधारण सभाले संचालक समितिको तर्फवाट अध्यक्षज्यूद्वारा प्रस्तुत आ.व. २०७७।०७८ को चौथो वार्षिक प्रतिवेदन उपर छलफल गरि सोलाई पारित गर्नसका साथै लेखापरीक्षकको प्रतिवेदन सहित कम्पनीको आ.व. २०७७।०७८ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचिहरु सहितको वित्तीय विवरण उपर छलफल गरि सो लाई पारित गरेकाे छ ।

यसैगरि कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम कम्पनीको आ.व.२०७८।०७९ को बाह्य लेखापरीक्षण गर्न लेखापरिक्षकमा मदन निरौला एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गरियाे ।

कम्पनीले चालु आ.व. २०७८।०७९ को पुष मसान्त सम्म बीमा व्यवसाय अभिबृद्धिकालागि देशभर आफ्नो शाखा सञ्जाल विस्तार गरी प्रधान कार्यालय लगायत ७ वटा प्रादेशिक कार्यालय, २७ वटा शाखा, २४ वटा उपशाखा कार्यालयहरु, १० बीमा एक्टेन्सन काउण्टर र ३ वटा तेश्रोपक्ष बीमा काउण्टरहरुवाट सेवा प्रदान गर्दै आइरहेको छ । थप २ शाखा ठमेल काठमाण्डौ, टोखा काठमाण्डौ र १ उपशाखा बाग्लुङ्गमा कार्यालय खोल्न बीमा समितिबाट स्वीकृति प्रदान गरिएको छ ।

हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस तथा सोको कारणबाट भएको असरले समग्र अर्थतन्त्रमा परेको नकरात्मक प्रभावका बावजुद कम्पनीले आ.व. २०७७/०७८ मा कुल बीमा शुल्क रु.१.३१ अर्व आर्जन गरेको, खुद नाफा रु.१०.२० करोड रहेको र बीमाकोषमा रु. ११.२१ करोड संचित रहेको र अघिल्लो वर्षको तुलनामा कुल बीमाशुल्क संकलनमा ४८.९८% खुद नाफामा ६०.३३%, एवं बीमाकोषमा ७९.८२ % ले वृद्धि हासिल गर्न सफल जानकारी गराएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *