ताैल घटने भ्रममा ‘हट लेमन’ पिउँदा नाेक्सानी पनि हुन सक्छ
इन्भेष्टोपेपर । माघ ४, २०७८
काठमाडौं । तातो पानीमा केही थोपा कागती हालेर ‘हट लेमन’ भन्दै पिउनुलाई शरिरको तौल घटाउने अचुक उपायका रूपमा लिने ट्रेन्ड बढ्दै छ । धेरैले हट लेमन तौल घटाउने उत्तम उपाय भन्दै सुझाइरहेका हुन्छन् र प्राय सबैमा हट लेमनले ताैल घटाउँछ भन्ने भ्रमले बास गरेकाे छ।
चर्चित भारतीय न्युट्रिसियोनिस्ट किनिता कडाकियाका अनुसार तातो पानीमा भिटामिन ‘सी’को मुख्य स्रोत- कागती हालेर पिउँदा शरिरको बोसो पग्लिन्छ भन्नु मिथ्या बाहेक केही होइन । यदि तौल घटाउन यति सहज हुन्छ भन्ने लाग्छ भने त्यो भ्रम चाँडै तोड्नु राम्रो हुन्छ ।
हट लेमनले तौल घटाउने नभएर हाइड्रेट रहनका लागि र छालाको सुरक्षाका लागि पनि प्रभावकारी हुने स्वास्थ्यकर्मी बताउँछन् । कागतीमा हुने भिटामिन ‘सी’ले छालामा आउने रिङ्कल तथा सुख्खापन कम गराउँछ र घामबाट छालामा हुने क्षति पनि कम गर्छ ।
कागतीलाई चाहे पानीमा हालेर होस् वा चियामा, अनि तरकारी वा खानामा र अचार बनाएर कागती विभिन्न स्वरुप र प्रकारमा खाइन्छ । कागती पानी अर्थात हट लेमन खाने बानी धेरैको हुन्छ । कागतीपानीको अत्यधिक सेवन स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । धेरै कागतीपानी खानुका बेफाइदा यस्ता छन् :
कागती पानी (हट लेमन) खानुका बेफाइदाहरूः
१) धेरै कागतीपानीको सेवनले दाँतलाई कमजोर बनाउने वा खियाउने गर्दछ । त्यसैले कागतीपानी पिउँदा बढि तातो बनाएर नपिउने र मुखमा धेरैबेर नराख्ने अर्थात् सर्लक्कै निल्ने गर्नुपर्छ । कागतीपानीकेा असर दाँतमा पर्न नदिनका लागि गिलास वा कपबाटै पिउनु भन्दा जुस पिउने पाइपले तान्ने र दाँतमै पर्न नदिइ निल्ने उपाय राम्राे हुने विज्ञहरूले सुझाएका छन् ।
२) यदि तपाइँमा एसिडिटीको समस्या छ भने कागतीको सेवन एकदमै कम राम्रो अन्यथा यसले छाति तथा पेट पोल्ने तथा एसिडिटी बढाउने समस्या पैदा गरिदिन्छ ।
३) कागती खाना खाइसकेपछि खानाले पाचन क्रियामा असर गर्न सक्छ । त्यसबाट अपच, झाडापखला जस्ता समस्या हुनसक्छन् । त्यसैले कागती खानासँगै खानु श्रेयस्कर हुन्छ ।
४) कागतीको अत्यधिक सेवनले शरीरमा क्रिस्टल बन्न सक्छ । जुन स्क्रिटल अक्जालेटका कारण मृगौला तथा पित्तथैलीमा पत्थरी पर्नसक्छ ।
— एजेन्सीकाे सहयाेगमा
