गर्मीमा घमौरा बाट बच्न अपनाउनु पर्ने सजिला उपायहरु

इन्भेष्टोपेपर । असार १९, २०७

गर्मी समयमा छालामा हुने समस्या मध्ये एक घमौरा पनि हो । यो सामान्यतया धेरै व्यक्तिमा हुने समस्या हो । घमौरा धेरैजसो पसिना निकाल्ने ग्रन्थीको मुख बन्द भएर बाहिर निकाल्न नसकेपछि घमौरा आउँछ ।

साधारण खटिरा आउनेदेखि पाक्ने घमौरा पनि हुन्छन् । यस्ता घमौरा गर्मी समयमा धेरै आउँछन् । तराईमा धेरै गर्मी भएको हुँदा छाला जल्ने छाला कालो हुने जस्ता समस्याहरु हुन्छन् । सकेसम्म घामबाट छालालाई बचाउँदा राम्रो हुन्छ ।

अब गर्मीको मौसम शुरुवात भैसकेको छ । यस मौसममा सबैभन्दा बढी समस्या घमौरा अथवा प्रीकली हीटको हुन्छ । चिकित्सकका अनुसार, गर्मी मौसममा घमौराबाट बँच्ने यस्ता छन् उपायहरु ।

घमौरा तीन प्रकार का हुन्छन् –

क्रिष्टलीय प्रकार (miliaria crystallina) :

यो घमौरा को सबैभन्दा सामान्य प्रकार हो । एसमा छाला को सतह मा पसिना भरिएका मसिना फोका स्पष्ट देखिन्छन् । यो छाला को सबैभन्दा बाहिरी सतह मा हुने हुँदा हलुका चिलाउने गर्छ तर पोल्दैन । यो प्रायः गरेर बच्चाहरु मा देखिन्छ।

रुब्रा प्रकार (miliaria rubra) : 

यो छाला को थोरै भित्री सतह मा हुन्छ । एसमा पसिना भरिएजस्ता नभएर सुन्निए जस्ता बिमिरा देखिन्छन् । यो चिलाउने सँगसँगै चहराउने पनि हुन्छ । एसलाई मिलियारिया पोस्टुलोसा पनि भनिन्छ । बच्चा, किशोर तथा वयस्क सबैमा एस प्रकार को घमौरा देखिने गरिएको छ ।

गम्भीर प्रकार (miliaria profunda) : 

यो सबैभन्दा गम्भीर किसिम को घमौरा हो । सामान्यतया यो खाल को घमौरा विरलै देखिन्छ । एसमा ठूला, कडा र मासु को रंग का उभार देखिन्छन् ।

घमाैराबाट बच्न अपनाउनु पर्ने उपायहरू (उपचार विधि)

१) सबैभन्दा धेरै घमौरा बच्चाहरुलाई नै हुने गर्छ । किनभने उनीहरुको स्विट ग्लेंड्स पूरा तरिकाले फंक्शनल हुँदैन । यस्ता बच्चालाई नुहाइसकेपछि पाउडर लगाउन अति आवश्यक हुन्छ ।

२) वयस्क मानिसहरूले पनि गर्मीमा कसिलो कपडा लगाउनु हुँदैन । गर्मीमा नायलन र रेयानको कपडा लगाउनबाट बँच्नु पर्छ । कूल कपडा, कटन वा लेनिनको कपडा मात्र विशेषगरि लगाउनुपर्छ ।

३) यदि तपाईलाई हरेक गर्मी मौसममा घमौरा आउँछ भने चन्दनको प्याक बनाउनुहोस् । राति सुत्नु भन्दा पहिला यसलाई शरीरमा लगाउनुहोस् । यसो गर्दा शरीरको घमौरा धेरै मात्रामा कम हुन्छ । चन्दनले शरीरलाई चिसो पनि राख्छ ।

४) यस्तै तरिकाले एलोभेरा र लेमन जूस पिउनुहोस् । दिनहुँ बिहान उठेर खाली पेट २ चम्मच एलोभेरा जूसमा ८ देखि १०  थोपा कागतीको रस मिलाएर चिसो पानीमा घोलेर खानुहोस् । यसले तपाई बाहिर जाँदा पनि घमौरा निस्कन पाउँदैन ।

५) गर्मीमा नियमित रुपमा प्याज खानाले घमौरालाई नियन्त्रण गर्न सकिन्छ ।

६) निगालो जडीबुडी (Asparagus herb)लाई दुई मिलिग्राम तपाई चिसो पानीको साथ खानुहोस् । यसले तपाईको शरीरलाई चिसो राख्छ ।

७) भेसलिन वा हेभी क्रिमलाई गर्मी मौसममा शरीरमा लगाउनुहुँदैन ।

८) तपाई घमौरालाई कम गर्नको लागि क्याल्माइन लोशन लगाउन सक्नुहुन्छ । यसले घमौरा चिलाउँन कम हुन्छ ।

९) काँक्रा मसाज – एक गिलास पानीमा एउटा कागती निचोर्नुहोस् र काँक्रालाई गालो आकारको चानामा काट्नुहोस् । ति काँक्राको चानालाई कागती पानीमा डुबाएर घमौरा निस्किएको ठाउँमा १० मिनेटसम्म लगाउँने गर्नुहोस् ।

१०) नीमको लाेसन – नीमको २० वा ३० पातलाई एक गिलास पानीमा उमाल्नुहोस् । चिसो भएपछि घमौरा आएको ठाउँमा लगाउँनुहोस् र २० मिनेटपछि नुहाउँनुहोस् । यस्तो. दिनमा एक पटक गर्नुहोस् ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *