संसद्मा आर्थिक सर्वेक्षण २०७८/७९ पेस [पूर्णपाठ]

इन्भेष्टाेपेपर ।  जेठ १५, २०७९

काठमाडौं । प्रतिनिधि सभाको शनिवारको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण २०७८/ ७९ पेस गर्नुभएकाे छ।  आर्थिक सर्वेक्षणमा चालू आवको तेश्राे त्रयमास अर्थात चैत मसान्तसम्मको आर्थिक विवरण समावेश गरिएको छ ।

आर्थिक सर्वेक्षण प्रतिवेदनमा उल्लेख भएअनुसार मुलुकको कुल व्यापार घाटा ३४ दशमलव ५ प्रतिशत नाघेको छ भने चालू आर्थिक वर्षको ८ महीनामा सरकारको व्यापार घाटा ११ खर्ब ६० अर्ब ९९ करोड पुगेको उल्लेख छ ।

चालू आवको उक्त अवधिमा कुल व्यापार घाटा ८ खर्ब ६३ अर्ब २१ करोड रुपैयाँ थियो । वस्तु आयात ३८ दशमलव ६ प्रतिशतले बढेर १३ खर्ब ८ अर्ब ७३ करोड रुपैयाँ पुग्दा निर्यात पनि १ खर्ब ४७ अर्ब ७५ करोड रुपैयाँ मात्रै रहेको छ।

आर्थिक वर्ष २०७८/ ०७९ को कुल ग्रार्हस्थ्य उत्पादन (उपभोक्ताको मूल्यमा)  ४८ खर्ब ५१ अर्ब ६२ करोड रुपैयाँको भएको छ । जसमा बागमती प्रदेशको अंश सबैभन्दा बढी ३६ दशमलव ९ प्रतिशत र कर्णाली प्रदेशको अंश सबैभन्दा कम अर्थात् ४ दशमलव १ प्रतिशत रहने अनुमान गरिएको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।

यसैगरी उक्त प्रतिवेदन अनुसार नेपालको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको छ । फागुन मसान्तसम्म सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब १९ करोड पुगेको छ, जसलाई नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० जनामा भाग गर्दा प्रतिव्यक्ति ऋणको भार ६३ हजार ३१० रुपैयाँ पर्न जान्छ ।

यसैगरी नेपालीको प्रतिव्यक्ति आय १ हजार ३८१ डलर पुगेको छ । आर्थिक सर्वेक्षण अनुसार चालू आवको उक्त अवधिमा नेपालीको आय एक वर्षमा १० दशमलव ८ प्रतिशतले बढेको छ । गत आवमा भने  प्रतिव्यक्ति आय १ हजार २४६ डलर रहेको थियो ।

आर्थिक सर्वेक्षण २०७८/७९ काे पूर्णपाठः

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *