मुक्तिनाथ विकास बैंकका ग्राहकलाई मेराकी होलिस्टीक वेलनेस रिट्रिटमा विशेष छुट

 इन्भेष्टाेपेपर ।  जेठ १५, २०७९

काठमाण्डाैँ । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई बूढानीलकण्ठ स्थित मेराकी होलिस्टीक वेलनेस रिट्रिटसँग विभिन्न सेवाहरुमा १५ प्रतिशत सम्म छुट प्रदान गर्ने गरी एक कार्यक्रम बीच सम्झौता गरेको छ । बूढानीलकण्ठमा निकै शान्त र प्राकृतिक सौन्दर्यको बीचमा रहेको मेराकी होलिस्टीक वेलनेस रिट्रिटले स्पा सम्बन्धी विभिन्न थेरेपी पनि प्रदान गर्दै आएको छ ।

उक्त कार्यक्रममा बैंकका तर्फबाट, संस्थागत मामिला विभागका बसन्त बक्शी र अन्य कर्मचारीहरुको उपस्थिति तथा मेराकी होलिस्टीक वेलनेस रिट्रिट को तर्फबाट रेसिडेन्ट म्यानेजर अरुण कुमार झा र अन्य आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले बूढानीलकण्ठमा रहेकोे मेराकी होलिस्टीक वेलनेस रिट्रिटमा विभिन्न सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *