लोपोन्मुख खरमजुर गणना सुरु

न्भेष्टाेपेपर । चैत्र १०, २०८०

वराहक्षेत्र ।  विश्वमै लोपोन्मुख अवस्थामा पुगेको खरमजुरको गणना शुक्रबारदेखि सुरु गरिएको छ । नेपाल पन्छी सङ्घको अगुवाइमा कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा गणना सुरु गरिएको हो ।  घाँसे मौदानमा बस्ने दुर्लभ चराको गणना कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा आठ दिनसम्म गर्ने कार्यव्रmम अनुसार सप्तरीको गोबरगढाबाट सुरु गरिएको हो । गणनामा तीस जना चरा विज्ञ तथा संरक्षणकर्मीको सहभागिता रहेको कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयले जनाएको छ ।

कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयका सूचना अधिकृत विनयकुमार मिश्रका अनुसार लोपोन्मुख खरमजुर नेपालमा एक सय वटा मात्रै रहेका छन् । गत वर्ष कोशीटप्पुमा चौबिस वटा मात्र खरमजुरको रेकर्ड गरिएको थियो । खेतबारीमा प्रयोग गर्ने विषादीका कारण मरेका किरा, फट्याङ्ग्रा खाएर चराको प्रजनन क्षमता कमजोर हुँदै गएकाले मयूरको सङ्ख्या लोपोन्मुख अवस्थामा पुगेको मिश्रले बताउनुभयो । उहाँले भन्नुभयो, “जलवायु परिवर्तनका कारण पनि चराहरूको सङ्ख्यामा कमी हुँदै आएको छ ।” जलवायु परिवर्तनका कारण पछिल्लो समय तापव्रmम बढ्नुका साथै उनीहरूको रहनसन र बासस्थानमा वातावरणीय प्रभाव पर्दा चरा सङ्कटमा परेको हो ।  

संरक्षण क्षेत्र स्थापना गरे पनि खरमजुरको सङ्ख्या घट्दो अवस्थामा रहेको छ । बाघभन्दा पनि सङ्कटापन्न अवस्थामा पुगेको यो चरा विश्वमै भारत, कम्बोडिया र नेपालमा मात्रै पाइने गरेको चराविद् डा. हेमसागर बरालले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, “घाँसे मैदान घट्दै जानु र प्राकृतिक रूपमै भालेको सङ्ख्या बढी र पोथीको सङ्ख्या कम  हुँदै जाँदा लोपोन्मुख खरमजुरको सङ्ख्यामा कमी आएको छ ।” 

डा. बरालका अनुसार खरमजुरको सङ्ख्याका हिसाबमा पहिलो भारत, दोस्रो कम्बोडिया र तेस्रो नेपाल रहेको छ । पहिला बङ्गलादेशमा पनि पाउने गरेको खरमजुर त्यहाँबाट लोप भइसकेको छ । घाँसे मैदानमा बच्चा कोरल्ने र हिउँदमा सिम क्षेत्रको मैदानमा बस्ने चरा प्राकृतिक र मानवीय विनाशका कारण लोप  हुँदै गएको छ । 

हाल नेपालको कोशीटप्पु, शुक्लाफाँटा र चितवनमा खरमजुर पाइन्छ । बर्दियामा एक दशक यता खरमजुर देखिन छाडेको छ । 

कोशीटप्पु क्षेत्रको घाँसे मैदानमा हिउँद समयमा डढेलो लाग्दा खरमजुर सङ्कटमा पर्दै गएको चरा संरक्षणकर्मी अनिश तिम्सिनाले बताउनुभयो । पहिला सयौँको सङ्ख्यामा पाउने खरमजुर कोशीटप्पु क्षेत्रमा औँलामा गन्ने सङ्ख्यामा पुगेको तिम्सिनाको भनाइ छ । 

चराको राजधानीका रूपमा परिचित कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा भएका ठुला सिम क्षेत्र, ताल र साना खोल्साहरू सुक्दै जानुले पनि चराको बासस्थान घट्दै गएको छ । बासस्थान घट्दै गएसँगै जलमा र घाँसे मैदानमा निर्भर रहने चराहरूको सङ्ख्या घट्दै गएको चराका जानकार बताउँछन् । 

कोशीटप्पु वन्यजन्तु आरक्षको समन्वयमा नेपाल पन्छी सङ्घका मोहनविव्रmम श्रेष्ठको नेतृत्वमा सुरु भएको पैदल मयूर गणना कोशीटप्पु क्षेत्रको कोशी नदी क्षेत्रको घाँसे मैदान, आरक्षको पथरी, भाकालपुर, सिसौघाट र प्रकाशपुर क्षेत्रमा गणना गरिने छ । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *