युरोकप फुटबल-२०२१ : सेमिफाइनलकाे समिकरण पूरा

इन्भेष्टोपेपर । असार २०, २०७८

जारि युरोकप फुतबल – २०२१ को सेमिफाइनलमा चार टिम प्रवेश गरेसंगै क्वाटरफाइनलका खेलहरू सकिएका छन। क्वाटरफाइनलका खेलहरूमा विजय प्राप्त गर्दै स्पेन, इटाली, डेनमार्क र इंग्ल्याण्ड सेमिफाइनल प्रवेश गरेका हुन्।

शुक्रबार राति भएको खेलमा स्पेनले स्विजरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोलले पराजित गरेको हो। खेलको पहिलो हाफको सुरुवातमै स्विजरल्यान्डको आत्मघाती गोलसँगै स्पेनले १–० को अग्रता लिएको थियो। खेलको ८ औं मिनेटमा जोडी अल्बाको सट डेनिस जकारियाको खुट्टामा लागेर गोल हुन पुगेको थियो।

शनिवार विहान भएकाे दोस्रो क्वाटरफाइनलमा इटालीले बेल्जियमलाई २–१ गोलले पराजित गर्‍यो। खेलको ३१औँ मिनेटमा इटालीका निकोलो बारेलाले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि ४४औँ मिनेटमा लोरेन्जो इसिग्नेले अर्को सुन्दर गोल थप्दै अग्रता दोब्बर पारे।

पहिलो हाफको इन्जुरी टाइममा बेल्जियमका रोमेलु लुकाकुले गोल गर्दै इटालीको अग्रता छोट्याए। तर दोस्रो हाफमा उसले थप गोल गर्न नसक्दा इटालीलाई नतिजा सुम्पियो।

यसैगरी शनिवार राति भएकाे पहिलाे क्वाटरफाइनल खेलमा डेनमार्कले चेक रिपव्लिकलाइ २-१ काे गाेल अन्तरले हराउँदै सेमस्फाइनलकाे यात्रा तय गरेकाे छ । खेलको शुरूवातमै अर्थात ५औँ मिनेटमा कर्नर किकलाइ क्लियर हेड गर्दै थाेमस डेन्लेले डेनमार्ककाे लागि पहिलाे गाेल गरे। त्यसपछि ४२औँ मिनेटमा क्यास्पर डाेलवर्गले अर्को उत्कृष्ट गोल थप्दै अग्रता दोब्बर पारे।

पहिलाे हाफमा गाेल गर्न नसकेकाे चेक टाेली दाेश्राे हाफकाे शुरूवातमै एक गाेल फर्काउन सफल देखियाे । टिमका स्टार खेलाडी पेट्रिक सेचिकले खेलको ४९औँ मिनेटमा गाेल गरेका थिए । निकै अाक्रामक देखिएका र ५६ प्रतिशत बलमा कव्जा जमाउन सफल भएता पनि गाेल भने गर्न असमर्थ रहे ।

यसैगरि अाइतवार विहान भएकाे खेलमा इंग्ल्याण्ड ४-० काे ठूलाे गाेल अन्तरले विजयी भएकाे छ । खेलकाे शुरूवातमै अर्थात चाैथाे मिनेटमा नै कप्तान ह्यारी केनले गाेल गर्दै टिमकाे खाता खाेले । खेलकाे दाश्राै हाफमा इग्ल्याण्डकाे लागि अरू तीन गाेल थपिए ।

दाेश्राे हाफकाे शुरूवातमै अर्थात ४६औँ मिनेटमा  ह्यारी म्याकग्वेर र ५०औँ मिनेटमा ह्यारी केनले थप एक–एक गोल गरे । सब्स्टिच्युट जोर्डन हेन्डरसनले खेलकाे ४६औँ मिनेटमा चौथो गोल गरे ।

अब बुधवार विहान स्पेन र इटलीबीच पहिलाे सेमीफाइनल खेल हुने छ भने विहिवार वेम्बलीमा हुने सेमिफाइनलमा खेलमा इंग्ल्यान्ड र डेनमार्कको भिडन्त हेर्न पाइने छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *