सबैले सुरक्षित र सम्मानजनक रुपमा बाँच्न पाउनुपर्छ : प्रधानमन्त्री ओली

न्भेष्टाेपेपर ।  वैशाख २८, २०८२

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मानवीय, जैविक र न्यायोचित आवश्यकताको सहज आपूर्ति हुनपर्नेमा सरकार दृढ रहेको बताउनुभएको छ।

राष्ट्रियसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विषयबारे जवाफपछि थप स्पष्टीकरणको समयमा प्रधानमन्त्री ओलीले सबैले सुरक्षित र सम्मानजक रुपमा बाँच्न पाउनुपर्ने भएकाले कुनै पनि प्रकारका भेदभाव नहुने स्पष्ट गर्नुभएको हो।

प्रधानमन्त्री ओलीले संविधानले समाजवादोन्मुख व्यवस्था गरेका सन्दर्भमा क्रमिक रुपमा त्यो लक्ष्य हासिल गरिने बताउनुुभयो।

प्रधानमन्त्रीले संविधानको धारा २७० अनुसारको हक सबै नेपालीले प्राप्त गर्ने र त्यसआधारमा कसैमाथि अन्याय नहुने पनि बताउनुभयो। उहाँले कसैलाई अत्याचार गर्ने विषय सरकारले सोच्न नसक्ने बताउनुभयो। लोकतन्त्रको सुदृढीकरणका लागि वर्तमान सरकार बनेकाले संविधान, कानुनको पालना गरी उत्पन्न समस्या समाधानको हरसम्भव प्रयास हुने उहाँले बताउनुभयो। 

निजी क्षेत्रसँगको सहकार्यमा उद्योगधन्दा निजीकरण गरिने कर्णालीको जैतुन र गुची च्याउको बजारीकरणमा ध्यान दिइएको, दाङको विमानस्थल विस्तार हुने, मलखाद कारखाना शीघ्र स्थापना गरिने, म्याग्नेसाइटलगायत रुग्ण उद्योग सम्भावना छ भने पुनःसञ्चालनमा सरकार सकारात्मक रहेको प्रधानमन्त्रीले बताउनुभयो। रासस

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *