मेगा बैंकका ५ वटा नयाँ शाखा विस्तार

इन्भेष्टोपेपर । भाद्र १, २०७

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले आइतबार ५ वटा नयाँ शाखाहरु विस्तार गरेको छ ।

मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० विराटचोकमा, उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ११ गाइघाटमा, रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ चन्द्रपुरमा, चितवन जिल्लाको रत्ननगर नगरपालिका वडा नम्बर ६ सौराहामा र कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नम्बर ६ गौरीघाटमा शाखाहरु विस्तार गरेको हो । यी शाखाहरुबाट बैंकिङ कारोबारको प्रारम्भ आइतबारबाटै भएको बैंकका प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलले जानकारी दिनु भयो ।

मेगा बैंकले यो एक महिनाको अवधिमा मात्रै १२ वटा शाखा विस्तार गरिसकेको छ । अहिले मेगा बैंकका देशभर १९० शाखा कार्यालयहरु रहेका छन् भने थप ४ वटा शाखाहरु सञ्चालनमा आउने तयारीमा रहेका छन् । ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकले गुणस्तरीय र छिटो छरितो सेवा तथा डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै आइरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *