यूनाइटेड इन्स्योरेन्सकाे २७औं वार्षिक साधारण सभा सम्पन्न

इन्भेष्टोपेपर । भाद्र १, २०७

काठमाण्डाैं । यूनाइटेड इन्स्योरेन्स कं. (नेपाल) लि. को २७ औं वार्षिक साधारण सभा श्रावण ३१ गते भर्चुअल माध्यम मार्फत सफलता पूर्वक सम्पन्न भयो ।

सभामा संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष ०७६।०७७ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरियो । साथै कम्पनीको आ. व ०७७।०७८ को आषाढ मसान्त सम्मको नाफानोक्सान हिसाव, वासलात, नगद प्रभाह विवरणको बारेमा संंक्षिप्त जानकारी दिइयो ।

कम्पनीले प्रकाशित गरेको आ. व. ०७७।०७८ को चौथो वित्तीय विवरण अनुसार कम्पनीले बीमाशुल्क आर्जनमा ५१.२५ प्रतिशतले वृद्धि गर्दै पहिलो पटक बीमा क्षेत्रको अर्व क्लबमा प्रवेश गर्न सफल भएको तथा मुनाफा आर्जनमा ३०० प्रतिशत भन्दा बढिले वृद्धि गर्न सफल भएको जानकारी गराइयाे ।

सोहि सभामा कुल बीमाशुल्क आम्दानी रु. ६९,८९,०३,९८३।८२ आर्जन भएको र कम्पनीको चुक्ता पुँजी रु ३०,२४,००,०००।०० मा २४० प्रतिशतले वृद्धि गरी १,०२,८१,६०,०००।०० भएको जानकारी गराइयो । साथै, आर्थिक वर्ष ०७७।०७८ का लागी बाह्य लेखापरीक्षक श्री एम. जि. एस एशोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गरियो ।

कम्पनीले आगामी दिनमा कम्पनीको शाखा तथा सेवाको गुणस्तरमा विस्तार गर्दै विकासको पथमा तीव्र गतिमा अगाडि बढ्न शेयरधनी महानुभावहरुबाट कम्पनीको व्यवस्थापनलाई सुझाव प्रदान गरियो तथा व्यवस्थापनबाट सोहि बमोजिम कार्य गरिने प्रतिवद्धता व्यक्त गरियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *