पुरुषका लागि पनि बन्यो गर्भनिरोधक सुई, एकपटक लगाए १५ वर्ष बच्चा नहुने

 Investopaper, पौष ११, २०७६  

अहिलेसम्म गर्भनिरोधक चक्की र सुई महिलाका लागि मात्र बनेका थिए। महिलाहरुले एक पटक सुई लगाए तीन महिनासम्म गर्भ नबस्ने सुई प्रचलित छ।

तर, अहिले भारतीय वैज्ञानिकहरुले पुरुषका लागि पनि सुई बनाएका छन्। त्यो सुई एक पटक लगाएको खण्डमा १५ वर्षसम्म बच्चा नहुने बताइएको छ ।

भारतीय वैज्ञानिकहरुको पहिलोपटक यस्तो सुई बनाएको दाबी गरेका छन् । यो सुई इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चका वैज्ञानिकहरुले तयार पारेका हुन्।

सुई आविष्कारमा संलग्न वैज्ञानिक डा. आर एस शर्माका अनुसार यो सुई एक पटक लगाएको खण्डमा १५ वर्षसम्म काम गर्नेछ। उक्त सुईको प्रयोग भारतको पाँचवटा राज्यमा भइसकेको छ।

दिल्ली, हिमाञ्चल, जम्मू, पञ्जाब र राजस्थानमा यसको परीक्षण गरिएको हो । ड्रग कन्ट्रोलर जनरल अफ इण्डियाले सुई पास गरेपछि सर्वसाधारणले पनि लगाउन पाउनेछ।

— एजेन्सी

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *