चलचित्रकर्मी आरती अधिकारी सम्मानित

इन्भेष्टोपेपर । भाद्र १८, २०७

काठमाण्डाैँ । रिवन इन्टरटेनमेन्टद्वारा ललितपुरको बालकुमारीस्थित म्युजिक सिटी हलमा आयोजित कार्यक्रममा चलचित्रकर्मी आरती अधिकारी सम्मानित हुनुभएको छ ।  अधिकारीलाई चलचित्र लेखक सम्मान २०७८ द्धारा राष्ट्रिय श्रष्टाको रुपमा सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले सम्मान गर्नुभएको हो । अधिकारीले लामो समयदेखि लेखनलाई आफनो पेशा बनाउनु भएको छ  ।

उहाँले  हाल सम्म द निर्मला , उल्झन , दिलमा सजाए तिमिलाई , मेरो आफ्नो , माया बस्छ कि के हो ? जस्ता सफल चलचित्र लेखी सक्नुभएको छ  । उहाँले लेख्नुभएका चलचित्र मध्ये द निर्मला , दिलमा सजाए तिमिलाई , उल्झन ले विभिन्न अर्वाड समारोहमा उत्कृष्ट चलचित्र लेखनबाट अवार्ड हात पारेको छ  ।  

नेपाली चलचित्र क्षेत्रको लेखनमा सम्पूर्ण समय विताउनुभएकी अधिकारीले १ दर्जन भन्दा माथि लघु चलचित्र र गीतहरु लेख्नुभएको छ । उहाँले लेखेको लक डाउन फिल्मले सट फिल्म फेष्टिवलमा उत्कृष्ट लेखन अवार्ड  समेत हात पारेको छ । 

कार्यक्रममा विभिन्न कलाकर्मीहरु तथा राष्ट्रिय ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *