कृषि विकास बैंकद्धारा किसान क्रेडिट कार्ड प्रदान

इन्भेष्टोपेपर । भाद्र १८, २०७

काठमाडौँ । दक्षिणकाली नगरपालिकाको वडा नं. ३ चोखेलमा बसोबास गर्ने किसानहरुलाई प्रारम्भीक रुपमा ८३ वटा किसान क्रेडिट कार्ड कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले उपलव्ध गराउनु भयो । उक्त कार्डबाट कृषि सम्बन्धी वेचविखन देखि विउ/मलखाद खरिदबिक्री र मौसमकाे समेत जानकारी हुने व्यवस्था रहेकाे छ ।

उक्त कार्यक्रमको अध्यक्षता दक्षिणकाली नगरपालिका वडा नं. ३ को वडाअध्याक्ष शिवभक्त बलामीले गर्नु भएको थियो । उक्त कार्यक्रममा श्री कृष्ण सहकारीका अध्यक्ष लक्ष्मी देवकोटा अतिथीको रुपमा रहनु भएको थियो ।

स्थानीयहरुको बाक्लो उपस्थीति रहेको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले किसान क्रेडिट कार्डको महत्व र फाईदाका बारेमा प्रकाश पार्दै बैंकले उपलव्ध गराएका अन्य सेवाहरुको पूर्ण उपभोग गर्न आग्रह गर्दै बैंकले भविष्यमा थप सेवाहरु संचालन गर्ने सेमत बताउनु भयो ।

यसैगरि कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लामो इतिहास बोकेको नेपालको पुरानो विधुत गृह चन्द्रज्योति पावरहाउसको परिसरमा राख्ने गरी १० थान डस्वीन वडाका वडा अध्यक्षलाई हस्तान्त्रण समेत गर्नुभयो ।

सो कार्यक्रममा बैंकका उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपाने, कृषि विकास बैंक लि. का विभागीय प्रमुख द्धय गिरिधारी पौडेल, सुन्दर खतिवडा, बैंकका सदभावना दुत आश्रा कुंवर, बैंकका प्रवक्ता तथा कम्पनी सचिव हिमलाल पौडेल, शाखा प्रमुख प्रज्वल भट्टराई, विरेन्द्र यादव , कृषि विकास बैंक लि.का अन्य कर्मचारीहरु उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा कृषि विकास बैंक लि. बागमति प्रदेशका प्रदेश प्रमुख श्री जगदिश्वर पन्थीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको संचालन कृषि विकास बैंक लि.शाखा कार्यालय कालिमाटीका प्रबन्धक श्री बेदानन्द दाहालले गर्नु भएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *