हिमालयन बैंक र क्लियरिङ हाउसबीच क्यूआर सेवा सम्बन्धी सम्झौता

इन्भेष्टोपेपर । कार्तिक २७, २०७८

काठमाडौं । हिमालयन बैंक र नेपाल क्लियरिङ हाउसबीच यही कात्तिक २३ गते नेपालपे क्यूआर सुविधा सम्बन्धी सम्झौता भएको छ । 

नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरी नेपाल क्लियरिङ हाउस लिमिटेडले सञ्चालनमा ल्याएको नेशनल पेमेन्ट स्वीचमा आवद्ध भई प्रथम चरणमा नेपालपे क्यूआर सञ्चालन गरी ग्राहकहरुलाई अत्याधुनिक डिजिटल भुक्तानी सेवा सुबिधाहरू उपलब्ध गराउन बैंक र एनसिएचएलबीच सो सम्झौता भएको हो । 

उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्ने पहिलो बैंक हिमालयन बैंक भएकोले नेशनल पेमेन्ट स्वीचले ल्याएको यस सुबिधाले भुक्तानी प्रणालीलाई थप सहज बनाई विभिन्न बैंकिङ कारोबार पुरा गर्न सकिने विश्वास बैंकले लिएको छ ।

ग्राहकहरूले नेपालपे क्यूआर उपलब्ध भई सञ्चालनमा ल्याउने सबै मर्चेन्टहरूबाट सहज र सरलरूपमा खरीद गरिएका वस्तु तथा सेवाहरूको क्यूआरमार्फत डिजिटल भुक्तानी गर्न सक्नेछन् । 

यसका साथै बैंकले नेशनल पेमेन्ट स्वीचमार्फत एनसिएचएलले उपलब्ध गराउने अन्य सेवाहरू पनि क्रमिक रूपमा उपलब्ध गराउने बताएको छ । 

नेशनल पेमेन्ट स्वीचमा आवद्ध भई सञ्चालनमा आएको उक्त नेपालपे क्यूआर एक उत्कृष्ट तथा सुरक्षित भुक्तानी प्रणाली भएकोले बैंकका ग्राहकहरु प्रत्यक्षरुपमा लाभान्वित हुनेछन् । यस प्रणालीमा आवद्ध भए पश्चात ग्राहकहरुले नगदै भुक्तानी गर्नु पर्ने झण्झटबाट मुक्त हुनेछन् । 

हिमालयन बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणा र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेश मानसिंह प्रधानले बैंक तथा क्लियरिङ हाउसका अन्य कार्यकारीहरूको उपस्थितिमा उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *