एनसीसी बैकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

इन्भेष्टाेपेपर ।  वैशाख २६, २०७९

काठमाण्डाैँ । नेपाल क्रेडिट एण्ड कमर्स बैक लिमिटेड चौतारा शाखाले सामाजिक उत्तरदायित्व अन्तगत वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ। चौतारा सागाचोकगढी ७, सानो सिरुवारी स्थित सिद्धी गणेश माध्यमिक बिद्यालय परिसरमा भएको कार्यक्रममा बैकका चौतार शाखा प्रबन्धक सम्पुर्ण गिरिको सभापतित्वमा सम्पन्न भएको थियो।

कार्यक्रममा बचतको महत्व, बैक खाता, ऋण लिने कारणहरु तथा प्रकृया, बीमा, पारिवारिक बजेटको महत्व, बीत्तीय साक्षरतामा नेपाल राष्ट्र बैकको योगदानका साथै धितोपत्र, सम्पती शुध्दिकरण र बिद्युतीय कारोवार सम्बन्धी जानकारीका सम्बन्धमा नेपाल राष्ट्र बैकका भुपु कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले आफ्नो प्रस्तुति मार्फत प्रष्ट पार्नु भयो ।

सय जनाभन्दा बढीको उपस्थिति रहेको यस साक्षरता कार्यक्रममा महिलाहरु उल्लेख्य सहभागि भएकाथिए । सहभागिहरुले वित्तीय साक्षरता सम्बन्धी बचत, ऋण, बिमा, शेयर लगायत थुप्रै कुरामा जानकारी दिएकोमा खुशी व्यक्त गरेका थिए ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १३९ शाखा १४ एक्स्टेन्सन काउन्टर र ११४ एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्ष देखि आम नागरिकका माझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *