महालक्ष्मी लाईफकाे विशेष साधारण सभा सम्पन्न, मर्जर कमिटी गठन

इन्भेष्टाेपेपर ।  वैशाख २६, २०७९

काठमाण्डाैँ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले विशेष साधारण सभा सम्पन्न गरेको छ । कमलपोखरी काठमाण्डौ स्थित होटल हुकुम दरबारमा सम्पन्न सभाको अध्यक्षता कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले गर्नु भएको थियो ।

कम्पनीका अध्यक्षले पानसमा वत्ती बालेर उद्घाटन गर्नु भएको सभामा प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले सहभागी सदस्यहरुको स्वागत गर्दै विशेष साधारण सभा गर्नुको उद्देश्य बारेमा प्रकाश पार्नु भएको थियो।

सभाले सर्वसम्मतिबाट कम्पनीको अधिकृत पूँजी र जारी पूजी क्रमशः ५०० करोड र ३०० करोड हुने गरी पूँजी बृद्धि गर्ने, सर्वसाधारणलाई ९० करोड बराबरको शेयर निष्काशन गर्ने तथा मर्जर, एक्विजेसन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने गरी निर्णय गरेको छ ।

बीमा समितिले चैत्र १० गतेको निर्देशनबाट कम्पनीको चुक्ता पूँजी ५०० करोड गर्ने निर्देशन दिइसकेपछि संचालक समितिको निर्णय अनुसार पूँजी बृद्धि योजना पेश गरेको थियो । सोही योजना बमोजिम बीमा समितिबाट पूँजी बृद्धि गर्ने सहमती लिएर विशेष साधारण सभा आव्हान गरेको थियो । सभाको अन्तमा संचालक सुरेश सापकोटाले विशेष साधारण सभा सफलता पूर्वक सम्पन्न गर्नमा सहयोग गरेकोमा सम्पुर्ण सहभागीहरुलाई धन्यवाद दिनु भएको थियो ।

पूँजी बृद्धि योजना बमोजिम मर्जर र एक्विजेशन पछि चुक्ता पूँजी ५०० करोड पुर्‍याउने उद्देश्यले विशेष साधारण सभा सम्पन्न  भए पश्चात बसेको संचालक समितिको ५८ ‌औँ बैठकले संचालक सुरेश सापकोटाको संयोजकत्वमा संचालक उमेशलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई सम्मिलित तिन सदस्यिय मर्जर कमिटी गठन गरेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *