प्रथम महिला प्रहरी चैतमाया ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ द्वारा सम्मानित

इन्भेष्टोपेपर । आश्विन २०, २०७

काठमाडौं । नेपाल प्रहरीले पहिलो महिला प्रहरी चैतमाया डंगोललाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ले सम्मान गरिएकाे छ । ६६औँ प्रहरी दिवसका अवसरमा बुधबार डंगोललाई प्रधानमन्त्री शेरबहादुर देउवाले अवार्डले सम्मान गर्नुभएकाे हाे ।

२००८ साल असार ११ गते कन्स्टेबलका रूपमा प्रहरी सेवामा प्रवेश गृनुभएकी डंगोलले २०३९ सालमा प्रहरी सहायक निरीक्षक (असई) पदबाट अवकाश लिनुभएकाे थियाे । उहाँले नेपाल प्रहरीमा ३१ वर्ष ७ महिना २२ दिन सेवा गर्नुभउकाे थियाे । डंगोल अहिले ८९ वर्ष पुगिसक्नुभएकाे छ ।

दिवसका अवसरमा यस अघिका वर्षका अवकाशप्राप्त पूर्व प्रहरी महानिरीक्षक र वरिष्ठ अधिकारीलाई यस्ता अवार्ड दिइँदै आए पनि यस पटक भने अवकाशप्राप्त सहायक निरीक्षक डंगोललाई दिइएको हो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *