पूर्वविशिष्ट पदाधिकारीलाई सुविधा दिन हुँदैन : मन्त्री पौडेल

न्भेष्टाेपेपर ।  चैत ८, २०८१

नेपालगन्ज । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पूर्वविशिष्टहरुलाई सुविधा दिन नहुने बताउनुभएकाे छ ।कांग्रेस बाँकेले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पूर्वविशिष्ट पदाधिकारीलाई सुविधा दिने व्यवस्था राख्न नहुने बताउनुभयाे । राज्यले उहाँहरुलाई मानसम्मान गर्नु ठीक भए पनि सुविधा दिन नहुने मन्त्री पौडेलले बताउनुभयाे ।

नेपालगन्ज मेडिकल कलेजका समस्या कलेज प्रशासन आफैले खोज्नुपर्नेमा पनि उहाँले जोड दिनुभयाे । ‘मेडिकल कलेज, नीति र नियमले चल्नुपर्छ र राज्यले निर्धारण गरेका सम्पूर्ण नीतिनियमलाई मान्नुपर्छ,’ उहाँले भन्नुभयाे ।

मन्त्री पौडेलले अब कुनै पनि सरकारी, निजी तथा सामुदायिक अस्पतालका दक्ष जनशक्तिलाई दिने तलब श्रम ऐनले तोकेबमोजिम नभए ती अस्पतालको सम्बन्धन खारेज गरिने चेतावनी दिनुभयाे । उहाँले औषधिको मूल्य समायोजनका लागि काम हुन लागेको जानकारी दिँदै राष्ट्रिय उत्पादनलाई प्रोत्साहन हुनेगरी काम गरिने बताउनुभयाे ।

बिरामीका लागि स्वास्थ्य बिमालाई प्रभावकारी बनाउने सरकारको योजना रहेको सुनाउँदै ६६ लाख घरपरिवारलाई बिमा योजना जोडिने उहाँको भनाइ थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *