नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोट गर्न समिति गठन
Investopaper, कार्तिक २०, २०७६
नेपाल धितोपत्र बोर्डको रिक्त रहेकाे अध्यक्ष पदमा प्रतिश्पर्धाबाट छनोट गर्नका लागि अर्थ मन्त्रालयले तीन सदस्यीय छनोट समिति गठन गरेको छ । मन्त्रालयले राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलको संयोजकत्वमा समिति गठन गरेको हो ।
समिति अन्य दुइ सदस्यहरूमा राजस्व सचिव शिशिर ढुंगाना र नेपाल चाटर्ड एकाउटेन्ट एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद आचार्य रहेका छन् ।
गठित छनोट समितिले अध्यक्षकाे लागि आवेदन आह्वान गर्ने छ । समितिले आवेदन दिएका इच्छुक उम्मेवारसँग अन्तर्वार्ता र प्रस्तुतिका आधारमा तीन जनाको नाम सिफारिस गरी अर्थ मन्त्रालयमा पेश गर्नेछ ।
छनाैटमा परेका तीन जना मध्येबाट मन्त्रिपरिषद्ले एक जनालाई धिताेपत्र बाेर्डकाे अध्यक्षमा नियुक्ति गर्ने निर्णय गर्नेछ ।
