प्रभु बैंकको संस्थापक शेयर विक्रीमा
इन्भेष्टाेपेपर । असार १७, २०७९
काठमाडौं । प्रभू बैंक लिमिटेडको ५० हजार कित्ता संस्थापक शेयर असार १७ गतेदेखि विक्रीमा आएको छ । बैंकले शुक्रबार एक सूचना जारी गर्दै ३५ दिनभित्र विद्यमान संस्थापक शेयरधनीहरुले उक्त शेयरमा आवेदन दिन सकिने जानकारी दिएको हो ।
उक्त शेयर बैंकका विद्यमान संस्थापक शेयधनीहरुलाई प्राथमिकता दिनुपर्ने व्यवस्था भएकाले शेयर खरीद गर्न इच्छुक बैंकका संस्थापक शेयरधनीले आवश्यक कागजात सहित केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा निवेदन दिनुपर्ने बताइएको छ ।
उक्त म्यादभित्र संस्थापक शेयरधनीबाट शेयर खरीदका लागि निवेदन प्राप्त नभएमा सर्वसाधारणलाई संस्थापक शेयर विक्रीका लागि प्रक्रिया अगाडि बढाइने कम्पनीले जानकारी दिएको छ ।
