हिमालयन लाइफको संस्थापक शेयर बिक्रीमा

न्भेष्टाेपेपर । चैत्र १३, २०८०

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको ६४ हजार ५०९ कित्ता संस्थापक शेयर चैत १३ गतेदेखि बिक्रीमा आएको छ । स्वदेशी सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट प्रालिको स्वामित्वमा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनी तथा जो कोही व्यक्ति तथा संस्थाहरूले खरिद गर्न पाउने गरी बिक्रीमा आएको हो । 

न्यूनतम मूल्य प्रतिकित्ता १७५ रूपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरीइच्छुक खरिदकर्ताहरूले चैत २० गतेसम्म आवेदन दिनुपर्ने जानकारी कम्पनीले दिएको छ । आवेदन दिदा न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

यी शेयर खरीदका लागि एनआईसी एशिया क्यापिटल लिमिटेडको कार्यालय थापाथली, काठमाडौंमा सम्पर्क राख्नुपर्नेछ । यी शेयर यस अघि कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी ३५ दिने सूचना जारी भएको थियो । उक्त समयमा विक्री हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरिद गर्न पाउने गरी विक्रीमा आएको हो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *