सगरमाथा लुम्बिनी इन्स्योरेन्सकाे संस्थापक शेयर विक्रीमा

न्भेष्टाेपेपर । असार २, २०८१

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले ६४ हजार ६१२ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले कुमारी बैंकको स्वामित्वमा रहेको ऊक्त शेयर असार २ गतेदेखि विक्रीमा ल्याएको हो ।

याे शेयरकाे न्यूनतम मूल्य प्रतिकित्ता २७५ रूपैयाँ तोकिएको छ । विद्यमान संस्थापक शेयरधनी लगायत सर्वसाधारणले असार ९ गतेभित्र आवेदन पेश गर्नुपर्ने कम्पनीले जनाएकाे छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता माग गर्दै आवेदन पेश गर्न सकिने व्यवस्था छ ।

शेयर खरिदकाे लागि प्राप्त गोप्य शिलबन्दी बोलपत्र असार १० गते विहान विक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालय नागपोखरी, नक्सालमा खोलिने जानकारी कम्पनीले दिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *