अजोड ईन्स्योरेन्सकाे चौथो वार्षिकोत्सव तथा हिमालयन बृद्धा आश्रमको लागी खाद्यान्न सहयोग

इन्भेष्टाेपेपर ।  असार २२, २०७९

काठमाण्डाैँ । अजोड ईन्स्योरेन्स लिमिटेडले असार २१ गते आफ्नो चौथो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।

सो अवसरमा रक्तदान जीवनदान भन्ने मुल नाराका साथ नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेकोमा ३३ (तेत्तिस) जना दाता व्यक्तिहरुले रक्तदान गर्नुभयो । सोही अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाण्डौ जिल्ला टोखा नगरपालिका वडा नं. ९, गोंगबु स्थित हिमालयन बृद्धा आश्रममा आश्रीत ४३ (त्रिचालिस) जना बृद्ध तथा बृद्धाहरूकाे लागी खाद्यान्न सहयोग गरेकाे छ ।

कार्यक्रममा प्रमुख अतिथी टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी र संस्थाका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले संयूक्त रुपमा आश्रमकी अध्यक्ष श्रीमती सरला पन्थीलाई खाद्यान्न हस्तान्तरण गर्नुभयो सो कार्यक्रममा अतिथी उपप्रमुख मुरारी तामाङ्ग र अतिथी वडा नंं ९ का वडाअध्यक्ष राम भक्त घिमिरे, आश्रमका अन्य संचालक तथा अजोड ईन्स्योरेन्स लिमिटेडका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

मिति २०७५।०३।२१ देखि आफ्नो व्यवसायिक कारोवार सुरु गरी हालसम्म कम्पनीले बीमा व्यवसाय अभिबृद्घिका लागि देशभर आफ्नो शाखा सञ्जाल विस्तार गरी प्रधान कार्यालय लगायत ७ वटा प्रादेशिक कार्यालय, २९ वटा शाखा, २५ वटा उपशाखा कार्यालयहरु, ११ बीमा काउण्टर र ३ वटा तेश्रोपक्ष बीमा काउण्टरहरुवाट सेवा प्रदान गर्दै आइरहेको छ ।

हालसम्म कम्पनीमा ३२३ जना कर्मचारी कार्यरत रहेका छन भने आधारभुत निर्जीवन बीमा अभिकर्ता ४५९ जना, कृषि तथा पशुपन्छी बीमा अभिकर्ता ३१७ जना कृषि तथा पशुपन्छी क्षती मूल्याङ्गकनकर्ता ३९ जना र १२२ जना बीमा सर्भेयरहरु सूचिकृत रहेका छन् ।

त्यसैगरी कम्पनीले आ.व. २०७८।०७९ को आषाढ २० सम्ममा १,२२,९६५ बीमालेख जारी गरी कुल बीमा शुल्क रु. १ अर्व ५६ करोड आर्जन गरेको साथै कुल दाबी भुक्तानी संख्या ५०२६ मार्फत कुल दाबी भुक्तानी रकम रु.७१ करोड ५८ लाख भुक्तनी गरिसकेको छ । कम्पनीको चुक्ता पूँजी रु. १ अर्व भएको जगेडा तथा कोषमा रु. १३ करोड ९५ लाख र बीमा कोषमा रु.१५ करोड ९२ लाख संचित गरी सम्पूर्ण बीमितहरुको विश्वास जित्न सफल भएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *