वृज सिमेन्टको पशुपतिनाथमा निःशुल्क स्वास्थ्य शिविर

न्भेष्टाेपेपर । साउन ३०, २०८०

काठमाण्डौ । वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि. ले श्रावणको अन्तिम सोमबार सुन्दरीजल देखि पशुपतिनाथ सम्म विभिन्न ८ स्थानमा बोलबमका भतmजनहरुलाई निस्शुल्क खानेपानी, स्वास्थ्य शिविर, फलफुल जुस  लगायतका सेवा प्रदान गरेको छ ।

लायन्स एण्ड लियो क्लब अफ काठमाण्डौं चाबहिल, वृज सिमेन्टको संयुक्त आयोजनामा यो कार्यक्रम गरिएको हो । बिभिन्न स्थानबाट आउने र पशुपति दर्शन गर्ने भक्तजनहरुलाई ११५ जना बिभिन्न स्वयंमसेवकहरु द्वारा ८ स्थानमा सेवा प्रदान गरिएको छ । 

यसका साथसाथै पशुपतिनाथमा भक्तजनहरुलाई निःशुल्क स्वस्थ्य परिक्षण समेत गरिएको छ । स्वास्थ्य शिविर क्याम्पमा आँखा, दाँत र जनरल चेकअप गर्नुका साथसाथै रक्तचाप र मधुमेहको समेत परिक्षण गरिएको थियो । उक्त स्वास्थ्य शिविरका अनुसार करीब १५०० धर्मावलम्बीहरुले यस स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षण गराएका थिए ।

श्रावणको सोमबार देशभर महादेवको बिभिन्न मन्दिरहरुमा पुजा अर्चना गरिन्छ र सोमबार बिशेष रुपमा पशुपतिनाथ, डोलेश्वर महादेव, हलेशी लगायत देशभरका बिभिन्न स्थानमा पुजा अर्चना गरिन्छ । वृज सिमेन्टको यो कार्य आफनो कम्पनीको वार्षिक कार्यक्रम अन्तर्गत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको कम्पनीले जनाएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *