फरक क्षमता भएकाहरुलाई निःशुल्क मेडिकल क्याम्प

इन्भेष्टोपेपर । मंसिर ७, २०७८

काठमाण्डाैं । गैर सरकारी संस्था टिम नेपोले फरक क्षमता भएकाहरुका लागि निःशुल्क मेडिकल क्याम्पको आयोजना गरेको छ ।

यही शनिवारका दिन किर्तिपुरको पागामा रहेको नवज्योती प्राथमिक विद्यालयको प्राङ्गणमा आयोजना गरिएको उक्त क्याम्पबाट २९ जना फरक क्षमता भएका व्यक्तिहरुले सेवा लिएका थिए जसमा अधिकांश आँखाका रोगी र बृद्ध रहेका थिए ।

गैर नाफामुलक संस्था टिम नेपोले गत अगस्ट महिना देखि फरक क्षेमता भएका वृद्ध तथा असाहयहरुका लागि निःशुल्क मेडिकल क्याम्पको मार्फत सेवा दिँदै आइरहेको छ ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग यूवा सञ्जालका अध्यक्ष महेन्द्र थापाले आफ्ना भनाई राख्दै आयोजकलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो भने डा. आभास आचार्य नाम्सका अध्यक्ष, डा. सुसान्त भण्डारी वोर्ड मेम्वर आइ.एम.डि.एफ, डा. रोविन श्रेष्ठ–उपाध्यक्ष। ए.एम.डि.आर.एफ., डा. सन्जु कार्की–महासचिव टिम नेपो, डा. प्रदिप अधिकारी, डा. प्रतिभा ढकाल, डा. अजय राजवंसी, डा.कमल विक्रम पौडेल र डा. महेस अर्यालले कार्यक्रमको अगुवाई गर्दै सेवा ग्राहीलाई सेवा पु¥याउनु भएको थियो ।

टिम नेपोका तर्पmबाट बोल्दै अध्यक्ष डा.निगम पौडेलले असाहय, जेष्ठ तथा फरक क्षमता भएका व्यक्तिहरुलाई कोभिड र पछिका दिनहरुमा विशेष स्वास्थ्य सहायता पु¥याउन लागि परेको कुरा बताउनु भयो । क्याम्पलाई निभा र राजेश प्रधान परिवारको विशेष सहयोग रहेको थियो भने अपाङ्ग यूवा सञ्जाल र नेपाल आयूर्वेदा मेडिकल स्टुडेन्ट सोसाइटी तथा इन्टीग्रेटिभ मेडिसिन डेभलप्मेन्ट फाउण्डेशनले सहयोग गरेका थिए । यस अघि पनि टिम नेपोले संख–धर जेष्ठ नागरिक सेवा केन्द्र, दिव्य सेवानिकेतन ओल्ड एज होम गोल्फुटार र मानव सेवा आश्रम भक्तपुरमा निःशुल्क मेडिकल क्याम्प मार्फत सेवा पु¥याएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *