तनहुँमा निःशुल्क सार्वजनिक शौचालय अभियान

इन्भेष्टाेपेपर ।  जेठ २६, २०७९

दमौली । तनहुँमा निःशुल्क सार्वजनिक शौचालय अभियान सुरु भएको छ । जिल्लाका होटल, मोटरसाइकल शोरुमलगायतका व्यवसायीले निःशुल्क सार्वजनिक शौचालय अभियानमा सहयोग पु¥याएका हुन् ।

बन्दीपुरको टुँडिखेलस्थित हेरिटेज गेष्ट हाउसले शौचालयको सुविधा दिएको छ । पर्यटकलाई ध्यानमा राखेर निःशुल्क शौचालयको सुविधा दिएको सञ्चालक किसन प्रधानले बताउनुभयो । सार्वजनिक शौचालय नहुँदा पर्यटकलाई सास्ती हुँदै आएको छ ।

यस्तै दमौलीकै एएस मेशिनरी स्टोर्सले पनि निःशुल्क सार्वजनिक शौचालय प्रयोग गर्न दिने घोषणा गरेको छ । सोही स्थानको गोर्खाली मोटर्स प्रालिले पनि निःशुल्क शौचालयको सुविधा प्रदान गरेको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *