आजदेखि नयाँ बीमा ऐन प्रारम्भ, समितकाे सट्टा प्राधिकरण

इन्भेष्टाेपेपर ।  कार्तिक २२, २०७९

काठमाडौं । आजदेखि नयाँ बीमा ऐन प्रारम्भ भएकाे छ, समितकाे स्थानमा प्राधिकरण भएकाे छ । नेपाल बीमा प्राधिकरणले आजदेखि  औपचारिक रूपमा आफ्नो कार्य शुरु गरेको छ।

काठमाडौंको कुपण्डोलस्थित पुरानो बीमा समितिको भवनमा नेपाल बीमा प्राधिकरणको औपचारिक रूपमा शुरूवात गरिएको हो ।सो अवसरमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले नयाँ कार्यालयको शुभारम्भ गरेका हुन् ।

बीमा ऐन २०७९ कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण कामकारबाही प्राधिकरणमा रूपान्तरण भएको छ । ऐनको व्यवस्थाअनुसार हाल कायम समितिका अध्यक्षलगायत सञ्चालकहरूले स्वतः प्राधिकरण सञ्चालकमा निरन्तरता पाउनेछन् । यस्तै समितिका कर्मचारी र यसले गर्दै आएको काम कारबाहीको दायित्व पनि स्वतः प्राधिकरणमा सर्नेछ । नयाँ ऐन कार्यान्वयनसँगै बीमाक्षेत्रमा नयाँ युगको शुरुआत हुने समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए ।

ऐनमा बीमाक्षेत्रको नियमनका लागि स्वायत्त र शक्तिशाली प्राधिकरण र अधिकारप्राप्त अध्यक्षको व्यवस्था भएकाले अहिलेभन्दा छिटोछरितो तथा प्रभावकारी काम हुने उनले दाबी गरे ।

ऐनमा ग्रामीण क्षेत्रका साथै गरीब र विपन्न वर्गमा बीमाको पहुँच बढाउन बीमा विकास कोषको व्यवस्था गरिएको छ । सरकारलगायतको योगदानका अतिरिक्त कम्पनीहरूले प्राधिकरणलाई नियमनबापत बुझाउने शुल्कको १ तिहाइ रकम राख्ने व्यवस्था गरिएको कोषबाट गरीब तथा विपन्न वर्गको बीमा गर्न तथा बीमाको विकासमा खर्च गर्न सकिने व्यवस्था छ । याे समाचार अभियान दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *