जी-२० मुलुक डिजिटल करमा कडाइ गर्न सहमत

- एजेन्सी,  जेष्ठ २६, २०७६

फुकुओका (जापान) । प्रमुख २० ठूला अर्थतन्त्र भएका मुलुकको समूह जी२० का सदस्यहरू शनिवार विश्वका प्रमुख ठूला प्रविधि कम्पनीमाथि व्यावसायिक करमा कडाइ गर्न सहमत भएका छन् । शनिवार उक्त मुलुकका अर्थमन्त्रीहरू फेसबुकलगायत प्रविधि कम्पनीले कर बचाउन प्रयोग गर्ने बाटो बन्द गर्न सहमत भएका हुन् ।

फेसबुक, गूगल, एमेजन र अन्य ठूला प्रविधि कम्पनीले आफ्नो नाफा निकै कम कर लाग्ने मुलुकमा देखाउने गरेको भन्दै आलोचनाको सामना गर्दै आएका छन् । यस किसिमको अभ्यास अस्पस्ट देखिँदै आएको आलोचकले बताउने गरेका छन् । आयरल्यान्डजस्ता मुलकले लगानी बढाउन निकै कम व्यावसायिक कर तोकेका छन् । जापानमा भइरहेको सम्मेलनमा अमेरिकाले अमेरिकी कम्पनी अस्वस्थरूपमा व्यावसायिक करमा लक्षित बन्न पुगेको आरोप लगाएको थियो ।

ठूला इन्टरनेट कम्पनीले यूरोपमा निकै कममात्र व्यावसायिक कर तिर्ने गरेका छन् । आयरल्यान्ड र लक्जेम्बर्गजस्ता निकै कम व्यावसायिक कर लाग्ने मुलुकबाट आनो व्यावसाय गर्दै उनीहरूले थोरै कर बुझाउने गरेका हुन् । व्यावसायिक करको सबै प्रक्रिया पूरा गर्दै आएको पनि उक्त कम्पनीहरूको दाबी छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *