ग्लोबल आइएमई बैंकले ल्यायो आकर्षक व्याजदरमा ३ दिनभित्र कर्जा प्रवाह योजना
इन्भेष्टोपेपर । श्रायण ०८, २०७७
ग्लोबल आइएमई बैंक लिमिटेडले आकर्षक व्याजदरमा कर्जा प्रवाह गर्ने योजना ल्याएको छ । सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण गर्न, घर, जग्गा तथा गाडी किन्न र सेयरको धितोमा कर्जा लिन इच्छुक ग्राहकलाई लक्षित गरी बैंकले यो योजना ल्याएको हो ।
ग्लोबल घर कर्जा अन्तर्गत सेवाग्राहीले २५ वर्षसम्मको अवधिका लागि ८.७५ प्रतिशत व्याजदरमा घरजग्गा कर्जा लिन पाउनेछन् र यस कर्जाको व्याजदर १ वर्षसम्म स्थिररहनेछ । यसैगरी बैंकले ८.९९ प्रतिशतमा गाडी कर्जा र ९.४९ प्रतिशतमा सेयरको धितोमा कर्जा प्रवाह गर्नेछ ।
यस योजनामा सहभागी हुने सेवाग्राहीलाई डेबिट/क्रेडिट कार्ड जारी शुल्कमा ५० प्रतिशत छुट र लकर सुविधामा पनि ५० प्रतिशत छुट प्रदान गरिनेछ ।
कर्जा लिन चाहने महानुभावहरुले आवश्यक कागजातहरु बैंकमा पेश गरेको ३ कार्य दिन भित्र विना झन्झट कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएकाे छ ।
नेपालभरी फैलिएका ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखाहरुबाट यो सुविधा उपभोग गर्न सकिने र सिमित अवधिको लागि ल्याइएको यस योजनाबाट लाभ लिन सम्बन्धित सबै पक्षहरुलाई हार्दिक अनुरोध गरेकाे छ ।
