चिलिमे जलविद्युत् कम्पनीकाे साधारण सभा पुस २२ गते, बुक क्लाेज कहिले ?

न्भेष्टाेपेपर ।  मंसिर २३, २०७९

काठमाडौं । चिलिमे जलविद्युत् कम्पनीले २६औं वार्षिक साधारण सभा पुस २२ गते गर्ने भएको छ ।

काठमाडौंकाे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा उक्त दिन बिहान ११ बजे कम्पनीले साधारण सभा गर्ने जनाएकाे छ । सभामा ७ दशमलव ५ प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश(कर सहित) वितरण गर्ने प्रस्ताव पारितका लागि पेस गरिनेछ । 

त्यसैगरी सभामा आव २०७८/७९ को वार्षिक प्रतिवेदन र आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारितका लागि पेस  गरिनेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ३ गते बुक क्लोज गरेको छ । यस आधारमा मंसिर २९ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *