पश्चिमी वायुको सामान्य प्रभाव, मौसम सामान्यतया सफा रहने

इन्भेष्टोपेपर । माघ २८, २०७८

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रहनाका साथै तराईका केही भू–भागमा हुस्सु–कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहनेछ ।  शनिबार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । आइतबार पनि देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

काठमाडौँ उपत्यकामा बिहानैदेखि पारिलो घाम लागेकाले केही न्यानो महसुस गरिएको छ । महाशाखाको पछिल्लो विवरणमा काठमाडौँको न्यूनतम तापक्रम छ र अधिकतम तापक्रम १९ डिग्री सेल्सियस रहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *