नेपाल–कोरियामैत्री अस्पताललाई अमेरिकी दूतावासको सहयोग

इन्भेष्टोपेपर । माघ २८, २०७८

भादगाउँ । नेपालका लागि अमेरिकी राजदूतावासले मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । दूतावासले बिहीबार अस्पताललाई २० थान अक्सिजन कन्सन्ट्रेटर, १० थान बाइपाइप र १० थान सिपाइप प्रदान गरेको हो ।

दूतावासले ती सामग्री अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं नगरप्रमुख मदनसुन्दर श्रेष्ठलाई हस्तान्तरण गरेको थियो । अस्पताल हातामा आयोजित कार्यक्रममा दूतावासले सो स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *