ग्लोबल आइएमई बैंकका ९ वटा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

इन्भेष्टोपेपर । फागुन ४ २०७८

काठमाण्डाैँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ९ वटा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले भोजपुरको दावाँ, रामेछापको देउरालीबजार र रिष्ठे बजार, धनुषाको पुष्पवलपुर र बटेश्वर, खोटाङको खार्मी र नुवाकोटको चौघडा, रुपन्देहीको भवानीपुर एव्म उदयपुरको बाँकेटारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएकोहो। यी ९ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २७४ पुगेको छ ।

बैंकको भोजपुर शाखा अन्तर्गत रहनेगरी दावाँमा खोलिएको सेवाको लागि प्रकाश दाहाल, दोरम्बा शाखा अन्तर्गत रहनेगरी देउराली बजारमा खोलिएको सेवाको लागि डडुवा साना किसान कृषि सहकारी संस्था लि. तथा रिष्ठे बजारमा खोलिएको सेवाको लागि मिलन थापा, ढल्केबर शाखा अन्तर्गत रहनेगरी पुष्पवलपुरमा खोलिएको सेवाको लागि राकेश कुमार महतो तथा बटेश्वरमा खोलिएको सेवाको लागि जितेन्द्र कुमार महतो सिंहलाइ प्रतिनिधि नियुक्त गरिएको छ ।

यसैगरि खोटाङ शाखाअन्तर्गत रहनेगरी खार्मीमा खोलिएको सेवाको लागि सुमन राई, त्रिशुली शाखाअन्तर्गत रहनेगरी चौघडामा खोलिएको सेवाको लागि देवराज राई, खैरेनी शाखाअन्तर्गत रहनेगरी भवानीपुरमा खोलिएको सेवाको लागि राजनअधिकारी र कटारी शाखाअन्तर्गत रहनेगरी बाँकेटारमा खोलिएको सेवाको लागि रामबहादुर कार्कीलाई प्रतिनिधि नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, रेमिट्यान्स सेवालिने, डिसहाेम र बिजुलीकाे महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *