ग्लोबल आइएमई बैंकद्वारा “धान खेती कर्जा”

न्भेष्टाेपेपर ।  असार  १५, २०८२

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय धान दिवसको अवसरमा धान खेती कर्जा सार्वजनिक गरेको छ । नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट बक्तव्यमा मुलुकलाई आगामी २ वर्षमा धानमा आत्मनिर्भर बनाउन लिएको रणनीतिलाई सहयोग पु¥याउने उद्देश्यले बैंकले धान खेती कर्जा सार्वजनिक गरेको हो । 

यस योजना अन्तर्गत कृषकले धानको बिऊ, रसायनिक तथा जैबिक मल, कृषी उपकरणहरु तथा अन्य आवश्यक कृषि सामग्रीहरु खरिद गर्न बैंकबाट २० लाख रुपैयाँसम्म कर्जा पाउनेछन् । 
खेतियोग्य जमिनको सदुपयोग गर्न धान खेती गरी कृषकको आम्दानी बढाई कृषी पेशालाई मर्यादित र ब्यबसायिक बनाइ कृषकहरुलाई प्रोत्साहन गर्नको लागि यो कर्जा योजना सार्वजनिक गरिएको हो । 

साथै, राष्ट्रिय धान दिवसको अवसरमा बैंकले टोखा नगरपालिका वडा नं. १, राधा कृष्ण मन्दिर नजिकै रहेको फाँटमा बैंकका कर्मचारी तथा स्थानीयको सहभागितामा धान रोपाई आयोजना गरेको छ । 

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीसहित बैंकका कर्मचारी तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।  उक्त कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले नेपाल सरकारको रणनीति अनुसार धानको उत्पादन वृद्धि गर्न, कृषिको आधुनिकीरण तथा व्यवसायीकरण गरी कृषकको मनोबल वृद्धि गर्न बैंकले यस प्रकारका कार्यक्रमहरु आयोजना गर्ने गरेको उल्लेख गर्नुभयो ।  

साथै, उहाँले बैंकले आजै सार्वजनिक गरेको धान खेती कर्जाले पनि कृषकहरुलाई धान खेती गर्न प्रोत्साहित गर्ने र धानको उत्पादन वृद्धिमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *