ग्लोबल आइएमई बैंकको मेरी उनीलाई स्वस्थ नारी पहल अभियान

न्भेष्टाेपेपर । पुस १९, २०८१

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ । 

उक्त अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशहरुमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्न गइरहेको छ । 

शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरु– महिलाको स्वास्थ्य परिक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधी वितरण लगायतका सेवाहरु निःशुल्क रुपमा उपलब्ध हुनेछन् । प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ ।

बैंकले सबै प्रदेशहरुमा यहि पौष महिनामा उक्त शिविरहरु संचालन गर्नेछ । जस अन्तर्गत बैंकले बागमती प्रदेशमा हेटौंडा उपमहानगरपालिका वडा नं ११ मकवानपुर स्थित सरस्वती टोल हलमा पौष १८ गते विहिबार, मधेश प्रदेशमा कलौया उपमहानगरपालिका वडा नं. १, बारा स्थित राजदेवी मन्दिर हल, गण्डकी प्रदेशमा मोदी गाँउपालिका वडा नं. १ पर्वत स्थित भुक स्वास्थ्य चौकीमा पौष २० गते शनिबार, कोशी प्रदेशमा विराटनगर महानगरपालिका वडा नं. १२, मोरङ स्थित आधारभुत स्वास्थ्य चौकी, बर्खी टोलमा पौष २१ गते सोमबार शिविर संचालन हुनेछ ।

यसैगरी, लुम्बिनी प्रदेशमा शैनामैना नगरपालिका वडा नं. ११, रुपन्देही स्थित परिवार नियोजन संघको क्लिनिक, सालझन्डीमा पौष २३ गते बुधबार, कर्णली प्रदेशमा विरेन्द्रनगर नगरपालिका वडा नं. २ सुर्खेत स्थित दौलाटपुर स्वास्थ्य चौकीमा पौष २६ गते शनिबार   र  सुदूरपश्चिम प्रदेशमा गोदावरी नगरपालिका वडा नं. ८ कैलाली स्थित स्याउले आधारभुत स्वास्थ्य चौकीमा पौष २८ गते सोमबार निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने तयारी रहेको छ । 

स्वास्थ्य शिविर ग्रामीण तथा अर्ध शहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिलाका निम्ति प्रभावकारी हुने र उनीहरुमा सकारात्मक प्रभाव पर्ने विश्वास बंैकले लिएको छ । 

ग्लोबल आइएमई बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता स्वास्थ्य शिविरहरुको आयोजना गरी ग्रामीण भेगका महिला तथा आम नागरिकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *